ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड
ratopati.com · Wed Jun 24 10:38:13 GMT 2026

काठमाडौंँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेट चालू आर्थिक वर्षको कुल विनियोजित बजेट ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको हाराहारीमा नै रहेको छ । सीमित स्रोत र साधनका बीच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख बज्राचार्यले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)