मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिउटीका बेला ट्राफिक प्रहरीले चालकसहित सेवाग्राहीसँग हात मिलाउन नपाउने

ratopati.com · Wed Jun 24 10:38:49 GMT 2026

काठमाडौँ । सवारी चालकलगायत अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउनू भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका फिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ।

कार्यालय मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोष्ट सबैलाई सर्कुलर पठाउँदै यस्तो निदर्शेन दिएको हो।

सर्कुलरमा ट्राफिक प्रहरीले चेकिङलगायत अन्य ड्युटीको समयमा सवारी चालक र अन्य सेवाग्राहीसँग हात मिलाएका दृश्यहरूबारे सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट विभिन्न गुनासो प्राप्त भइरहेको उल्लेख छ ।

यसैलाई आधार बनाएर अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालकलगायत सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु/गराउनु निर्देशन दिइएको छ।

यो निर्देशन प्रहरी उपरीक्षक नरेशराज सुवेदीको हस्ताक्षरबाट सबै सम्बद्ध इकाईमा यस्तो सर्कुलर पठँइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)