मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शर्तसहित इस्लामिक देशसँग मिलेर अघि बढ्न इरान तयार

onlinekhabar.com · Wed Jun 24 10:39:05 GMT 2026

१० असार, काठमाडौं । इरानले आपसी सम्मान र एक–अर्काको आन्तरिक मामिलामा दबाब नदिने सिद्धान्तमा इस्लामिक देशहरूका साथ सम्बन्ध बढाउन तयार रहेको बताएको छ ।

इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अजरबैजानको राजधानी बाकुमा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) का सदस्य राष्ट्रहरूको संसदीय संघको सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘क्षेत्रको सुरक्षा प्रबन्ध बाहिरबाट ल्याइनु हुँदैन,’ उनले भने, ‘स्थानीय स्तरमै गर्नुपर्छ र क्षेत्रीय सिद्धान्तमा आधारित हुन पर्दछ ।’

उल्लेखनीय कुरा के छ भने खाडी क्षेत्रका विभिन्न देशहरूमा अमेरिकी सैन्य अड्डाहरू छन् । ती अड्डाहरूलाई इरानले जवाफी आक्रमणमा निशानामा पार्दै आएको थियो ।

गालिबाफले भने, ‘लेबनानमा युद्ध अन्त्य हुनु भनेको इरानमा युद्ध समाप्त हुनुजत्तिकै महत्वपूर्ण हो । यही नै सबैभन्दा ठूलो र महत्वपूर्ण विषय हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय