विष्णु पौडेलकी पत्नीले सर्वोच्चमा दायर गरिन् बन्दी प्रत्यक्षीकरणको रिट
setopati.com · Wed Jun 24 10:34:26 GMT 2026

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।
बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नी दोमायाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। यसको सुनुवाइ बिहीबार हुने भएको छ।
रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ।
सम्पत्ति शुद्धीकरणकै अनुसन्धानको क्रममा पुर्पक्षको लागि थुनामा रहेका दिपक भट्टको सेयर कारोबारमा उपाध्यक्ष पौडेललाई पनि जोडेर अनुसन्धानका लागि असार ८ गते प्रहरीले पक्राउ गरेको थियो।
विभागको पत्रपछि प्रहरीले उनलाई जरूरी पक्राउ पुर्जी दिएर मंगलबार बिहान भ्यानमा काठमाडौं ल्याएको हो।
विशेष अदालतले मंगलबार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।
यो पनि: विष्णु पौडेलमाथि लगाइएको आरोपमा के भने उनका वकिलले?
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ