बेपत्ताका परिवार डीएनए परीक्षण रिपोर्टको पर्खाइमा
rajdhanidaily.com · Wed Sep 16 09:50:37 GMT 2026

बाँके । बाढीमा बेपत्ता भएका व्यक्तिका परिवार डीएनए परीक्षण रिपोर्टको पर्खाइमा छन् । सास वा लास केही फेला नपर्दा आफू सामाजिक संस्कारसमेत गर्न नपाएको नेपालगञ्ज उपमहानगरपालिका–२० अनलाल रोकायले बताए।
रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्दैआएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय तथा उनीहरूलाई भेट्न गएका १९ वर्षीय दीपक रोकाय बाढीसँगै बेपत्ताको २२ दिन पुग्दा पनि कुनै सूचना प्राप्त गर्न नसक्दा पीरमाथि दुःख थपिएको अनलालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)