कराते संघका अध्यक्षको गुनासो : विमानमा खेलाडीसँगैको सिट माग्दा शौचालय नजिकै पाएँ
onlinekhabar.com · Wed Sep 16 09:47:05 GMT 2026
३१ भदौ, काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एसियन गेम्समा सहभागी हुन जापान जाने क्रममा थाई एयरलाइन्सको बैंकक उडानमा आफूले पाएको सिट व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।
लामाले सामाजिक सञ्जालमा लेख्दै थाई एयरलाइन्सको टीजी ३२० उडानमा चेक–इन गर्दा खेलाडीहरूसँगै सिट मिलाइदिन अनुरोध गरेको बताए । उनका अनुसार चेक–इन काउन्टरमा रहेकी कर्मचारीले ३८’डी’ राम्रो सिट भन्दै उपलब्ध गराएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)