मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी दर्ता, दाबी–विरोधको समय साँझ ५ बजेसम्म

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी सूचीकृत भएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन भइसकेको र दाबी–विरोधको समय बुधबार साँझ ५ बजेसम्म सारिएको जानकारी दिए ।

उनका अनुसार दाबी–विरोधसम्बन्धी प्रक्रिया सम्पन्न भएपछि साँझ ६:३० बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

झाले नियतवश ढिला नभएको तर व्यवस्थापकीय कमजोरीले ढिला भएको झाले बताए ।

उनले भोलि बिहीबारसम्म महाधिवेशनको सबै काम सकिने जानकारी दिए ।

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

त्यसपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)