रास्वपाका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक : ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना मैदानमा
nepalpress.com · Wed Jun 24 10:41:58 GMT 2026

काठमाडौं । रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक भइसकेको बताए।
उम्मेदवारमाथि दाबी विरोधका लागि ५ बजेसम्मको लागि समय दिएको उनले बताए। ६ः३० बजेसम्ममा अन्तिम नामावली सार्वजनिक गरेर ७ः३० बाट मतदान सुरु गरिसक्ने बताए।
मतदान सुरु भएको ४ घण्टामा मतदान सकिने र सकिएको २ घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए।
प्रारम्भिक नामावलीमा दाबीविरोधपश्चात आवश्यकताअनुसार परिमार्जन गरी फाइनल सूची प्रकाशन गरिने निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले नेपाल प्रेसलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ