पछिल्लो २४ घण्टाभित्र विश्वमा ७ हजार २४१ कोरोना संक्रमितको मृत्यु
nepallive.com · Sun Jul 11 00:55:00 GMT 2021
काठमाडाैं- गत २४ घण्टाभित्र विश्वमा कोरोना भाइरसको संक्रमणबाट सात हजार २४१ जनाको मृत्यु भएको छ। यससँगै विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख ४२ हजार २२५ पुगेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र ज्यान गुमाउने संक्रमित सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ उक्त अवधिमा एक हजार १७२ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख ३२ हजार ९४९ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)