मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस

gorkhapatraonline.com · Wed Jun 24 10:50:06 GMT 2026

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत पार्टी कार्यालयले आज जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोेकेको जनाएको छ।

नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम् प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

साथै तोकिएका केन्द्रीय प्रतिनिधिहरूले यही असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुने पार्टी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)