प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्ने भन्दा हार्ने उम्मेदवारको खर्च बढी
gorkhapatraonline.com · Wed Jun 24 10:51:52 GMT 2026

निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको जनाएको छ ।
सो संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका तीन हजार ४०६ उम्मेदवारमध्ये १४४ नमुना उम्मेदवारको खर्चको विश्लेषण गरेको हो । इओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा औसत ८८ लाख र उपविजेताले त्यसको लगभग तीन गुणा बढी, औसत रु दुई करोड ८३ लाख खर्च गरेका पाइएको छ । निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)