मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व उपप्रधानमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ

nepalbahas.com · Wed Jun 24 10:40:13 GMT 2026

पूर्व उपप्रधानमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ

१० असार, काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

बुधबार पौडेलकी पत्नी तोमाया पौडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिटमा पौडेललाई गैरकानुनी ढंगले थुनामा राखेको जिकिर गर्दै रिहा गर्न माग गरिएको छ।

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाइएको छ।

रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पक्रपाउ गरि मंगलवार ५ दिनको म्याद थप गरेको थियो ।

पौडेललाई सोमवार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाडीमा राखेर काठमाडौं ल्याइएको थियो । उक्त रिटमा बिहीबार सुनुवाइको पेसी तय भएको छ ।

विष्णु पौडेल

सर्वोच्च अदालत

बन्दीप्रत्यक्षीकरण

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

विशेष अदालतमा पौडेलमाथि म्याद थपको बहस जारी

असार ९, २०८३ मंगलबार

पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई बिशेष अदालत लगियो

असार ९, २०८३ मंगलबार

राहदानी छपाइ प्रकरण : अदालतमा अर्यालसहित ७ जनाको बयान र थुनछेक बहसको प्रक्रिया सुरु

असार ९, २०८३ मंगलबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

असार ९, २०८३ मंगलबार

रास्वपाको प्रदेश खारेज र संघीय संरचना फेरबदल प्रस्तावले मधेशी दलमा आक्रोस, आन्दोलनको चेतावनी

असार १०, २०८३ बुधबार

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

पूर्व उपप्रधानमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ

असार १०, २०८३ बुधबार

बाहुनडाँगी क्षेत्रका बासिन्दाद्वारा जीवन रक्षाको माग

असार १०, २०८३ बुधबार

अल्लो कपडाबाट झोला तयार गरिँदै

असार १०, २०८३ बुधबार

१४ अंकले घटेर २६६० मा झर्यो नेप्से, १३ समूहगत परिसूचकमध्ये वित्त र व्यापार समूहमा केही आकर्षण

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशनस्थल प्रचार सामग्रीले अस्तव्यस्त

असार १०, २०८३ बुधबार

ड्रोनबाट खिचिएको झुलेनीको दृश्य

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)