मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वामदेव–ओली भेटमा किन छिरे महन्थ र देउवा ?

ratopati.com

गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् ।

डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँताइदिएर ०७५ जेठ २ गतेको अवस्थामा पु¥याइदियो । तपाईंको चाहना पनि त्यही थियो । मैले पनि सबैभन्दा पहिले विज्ञप्ति जारी गरेर ज्यादै राम्रो निर्णय भयो भनेकै हो । तर, भोलिपल्टदेखि तपाईंले बदला लिन थाल्नुभयो । त्यसपछि समर्थन गर्नु बेकार रहेछ भन्ने मलाई पनि प¥यो । सर्वोच्चले गरिदिएको नेकपा विभाजनका घटनाक्रम जोडेर हेर्दा सबै निर्देशित ढंगले भएका हुन् र त्यसमा कुनै न कुनै किसिमको लेनदेन भएको देखिन्छ । तैपनि, यसलाई सकारात्मक रूपमा लैजान जसरी म तयार छु, त्यसैगरी माधवहरू पनि तयार छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)