परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
ajakoartha.com · Wed Sep 16 10:01:00 GMT 2026

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटका परराष्ट्रमन्त्री खनालले सफल कार्यकाल सम्पन्न गर्नुभएकोमा उनलाई बधाई दिएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरे । उनले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा सम्पर्क सञ्जालका क्षेत्रमा भएका महत्त्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)