नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
nepaltvonline.com · Wed Sep 16 10:01:22 GMT 2026

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७७ अङ्कले घटेर ४६३ दशमलव ६८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ५० अङ्कले घटेर १७९ दशमलव ६३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ३२ अङ्कले घटेर १५६ दशमलव ५८ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)