मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

७ प्रतिशत आर्थिक वृद्धिदरको स्रोत के हो ?

shilapatra.com · Sun May 31 15:13:00 GMT 2026

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले बजेटले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदरको आधार स्पष्ट पारेका छन् । बजेटले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित ६ प्रतिशतको उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति)को लक्ष्यबारे भट्टले बताएका हुन् ।

उनले भने, ‘७ प्रतिशतको आर्थिक वृद्धिको स्रोतमा ३.५ प्रतिशत कृषि क्षेत्रको योगदान र करिब १० प्रतिशत औद्योगिक क्षेत्रको विस्तार हुने हाम्रो अनुमान छ । यसैगरी ७ प्रतिशतजतिले सेवा क्षेत्रको योगदान विस्तार हुन सक्छ ।’ यसैको केन्द्रमा रहेर ७ प्रतिशतको लक्ष्य राखिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)