मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्व सम्झौता अमेरिकी दबाबको विजय होइन, पराजय हो: इरान

nepalbahas.com · Wed Jun 24 10:47:03 GMT 2026

मध्यपूर्व सम्झौता अमेरिकी दबाबको विजय होइन, पराजय हो: इरान

१० असार, काठमाडौं । मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच भएको सम्झौताले अमेरिकी दबाबको विजय नभई अमेरिकाको पराजयलाई पुष्टि गरेको इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबफले बताएका छन्। उनले उक्त समझदारी इरानी जनताको प्रतिरोध र अधिकारको संरक्षणको परिणाम भएको दाबी गरे ।

अजरबैजानको राजधानी बाकुमा बुधबार आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै गालिबफले पाकिस्तानको मध्यस्थतामा सम्पन्न ‘इस्लामाबाद समझदारी’ कुनै दबाब वा जबर्जस्तीको उपज नभएको बताए । उनका अनुसार इरानी जनताको दृढ प्रतिरोध र राष्ट्रिय अधिकारको रक्षाले नै उक्त सहमति सम्भव भएको हो ।

उनले इस्लामाबादमा भएको सहमतिलाई अमेरिकाको पराजयको घोषणापत्रको रूपमा व्याख्या गर्दै मध्यपूर्वको सुरक्षा क्षेत्रीय देशहरूले नै सुनिश्चित गर्नुपर्ने धारणा राखे । विदेशी सैन्य उपस्थितिले स्थायी सुरक्षा स्थापना गर्न नसक्ने र बरु अस्थिरताको स्रोत बन्ने उनको भनाइ थियो ।

गालिबफले मध्यपूर्वबाट विदेशी सैन्य शक्तिको फिर्तीलाई इरानको दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा उल्लेख गरे। उनका अनुसार क्षेत्रीय सुरक्षा बाह्य हस्तक्षेपबाट नभई क्षेत्रीय सहकार्य र आपसी समझदारीबाट सम्भव हुन्छ ।

संयुक्त राज्य अमेरिकाले मध्यपूर्वका विभिन्न देशमा सैन्य आधारहरू कायम राख्दै आएको छ । युद्धका क्रममा अमेरिकी र इजरायली सेनाले इरानमाथि गरेको बम आक्रमणको प्रत्युत्तरस्वरूप इरानले पनि केही आयोजक तथा साझेदार मुलुकहरूलाई लक्षित गरी आक्रमण गरेको थियो ।

गालिबफले क्षेत्रको भविष्य द्वन्द्वमा नभई सहकार्यमा रहेको बताउँदै विनाशको सट्टा सहअस्तित्व आवश्यक रहेको धारणा व्यक्त गरे । उनको यो अभिव्यक्तिलाई इरानी आक्रमणको निशानामा परेका खाडी राष्ट्रहरूप्रति सन्देशका रूपमा पनि हेरिएको छ ।

इरानका प्रमुख वार्ताकारले लेबनानमा स्थायी शान्ति स्थापना हुनु वासिङ्टनसँग भएको सहमतिको महत्त्वपूर्ण आधार रहेको दोहो¥याए। उनका अनुसार लेबनानमा युद्धविराम कायम हुनु इरानमा युद्धविराम कायम हुनुसँग समान रूपमा महत्त्वपूर्ण छ ।

उनले लेबनानमा युद्धको अन्त्य र इरानमा युद्धको अन्त्य एकअर्कासँग जोडिएको विषय भएको उल्लेख गर्दै क्षेत्रीय स्थायित्वका लागि दुवै मोर्चामा शान्ति अपरिहार्य रहेको बताए ।

विदेश

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

इन्सुलिन अभावले गाजाका मधुमेह बिरामी संकटमा

असार १०, २०८३ बुधबार

मध्यपूर्वमा जोखिम कायमै : इरान, इराक र लेबनानको हवाई क्षेत्र प्रयोग नगर्न ईयूको आग्रह

असार १०, २०८३ बुधबार

इरानको दाबी : युद्ध अन्त्यसम्बन्धी सम्झौता अमेरिकाको पराजयको संकेत

असार १०, २०८३ बुधबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

असार ९, २०८३ मंगलबार

रास्वपाको प्रदेश खारेज र संघीय संरचना फेरबदल प्रस्तावले मधेशी दलमा आक्रोस, आन्दोलनको चेतावनी

असार १०, २०८३ बुधबार

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

असार १०, २०८३ बुधबार

मध्यपूर्व सम्झौता अमेरिकी दबाबको विजय होइन, पराजय हो: इरान

असार १०, २०८३ बुधबार

पूर्व उपप्रधानमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ

असार १०, २०८३ बुधबार

बाहुनडाँगी क्षेत्रका बासिन्दाद्वारा जीवन रक्षाको माग

असार १०, २०८३ बुधबार

अल्लो कपडाबाट झोला तयार गरिँदै

असार १०, २०८३ बुधबार

१४ अंकले घटेर २६६० मा झर्यो नेप्से, १३ समूहगत परिसूचकमध्ये वित्त र व्यापार समूहमा केही आकर्षण

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय