बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड
nepalnews.com · Wed Sep 16 10:09:14 GMT 2026

काठमाडौं। सांसदहरूले भोटेकोशी बाढीपछि सम्पर्कविहीन नागरिकको मृत्युदर्ताको कानुनी बाटो खोलिदिएर चल–अचल सम्पत्तिको व्यवस्थापन, बीमा, राहतलगायत प्रक्रियामा पीडित परिवारलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले प्राकृतिक विपत्तिका कारण बेपत्ता नागरिकका परिवारका लागि विशेष कानुनी व्यवस्था गरी मृत्युको कानुनी घोषणा र मृत्यु दर्ता गरिदिएर पीडितलाई राहत दिन सरकारलाई सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)