पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ
gorkhapatraonline.com · Sun May 31 15:31:16 GMT 2026

जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपी एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १० का बजरङ्ग टोलका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग लागेको थियो ।
दासले यही जेठ १४ गते फलाम हतियारले प्रहार गरेर हलसिया देवीको हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिइ कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)