रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाको उम्मेदवारी
kalakarmi.com · Wed Jun 24 11:01:34 GMT 2026

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता मनिष झाले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको जानकारी दिएका छन् ।
झाका अनुसार उम्मेदवारमाथि दावी–विरोधका लागि साँझ ५ बजेसम्म समय दिइएको छ । प्राप्त दावी–विरोधको छानबिनपछि आवश्यक परिमार्जन गरी आजै साँझ ६ः३० बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिने छ ।
प्रवक्ता झाले साँझ ७ः३० बजेदेखि मतदान प्रक्रिया प्रारम्भ गरिने तथा मतदान प्रारम्भ भएको करिब चार घण्टाभित्र सम्पन्न हुने पनि बताएका छन् ।
मतदान सकिएको करिब दुई घण्टाभित्र मतगणना सम्पन्न गरी परिणाम सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिएका छन् ।
दावी–विरोधपछि आवश्यक संशोधन गर्दै अन्तिम उम्मेदवार सूची प्रकाशित गरिने र त्यसपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने रास्वपाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)