नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेका भोजराज न्यौपाने दोषी ठहर
ratopati.com · Wed Sep 16 10:14:42 GMT 2026

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राहत शिक्षकको जागिर खाएको अभियोग लागेका भोजराज न्यौपाने विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले न्यौपानेलाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएपछि दोषी ठहर गर्ने फैसला गरेको हो ।
न्यौपाने जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा माध्यमिक विद्यालय तहको गणित (राहत) शिक्षक पदमा कार्यरत थिए । उनले सो पदमा नियुक्ति लिनका लागि त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह (आईए) र स्नातक तह (बीए) का झुट्टा (नक्कली) शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)