विपदमा सरकार आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने अवस्थामा थियो : आरेन राई
kendrabindu.com · Wed Sep 16 10:12:04 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवालगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताएका छन् । उनले विपद्का बेला सरकार संवेदनशील र गम्भीर भएर तत्काल परिचालन हुनुपर्नेमा जोड दिएका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले बाढीपछि आफू र आफ्नो पार्टीको टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत रूपमा उद्धार तथा राहतको अवस्था अवलोकन गरेको बताए । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा विभिन्न संघसंस्थाले गरेको प्रयासको उनले प्रशंसा गर्दै धन्यवादसमेत दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)