विद्यालयको पाठ्यक्रममा एआईदेखि उद्यमशीलतासम्म, नैतिक शिक्षा र संस्कारमा जोड, देशभरबाट आए यस्ता सुझाव
aarthiknews.com

काठमाडौँ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट संकलन गरिएको सुझावमा शिक्षालाई थप व्यवहारिक र समयअनुकूल बनाउनुपर्ने विषय प्रमुख रूपमा उठेको छ। विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी सीप, प्रविधि, उद्यमशीलता र व्यावहारिक ज्ञानसँग जोड्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन्।
पाठ्यक्रम विकास केन्द्रका अनुसार सातै प्रदेशमा सञ्चालन गरिएको सुझाव तथा पृष्ठपोषण संकलन अभियानमा २५ हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन्। केन्द्रले २८ भन्दा बढी जिल्ला, नगरपालिका, गाउँपालिका, विद्यालय तथा कक्षाकोठासम्म पुगेर विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय तह र अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)