खानेपानीको पाइपलाइन जथाभाबी वितरणले समस्या
gorkhapatraonline.com · Wed Sep 16 10:15:35 GMT 2026

सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोट बजारमा खानेपानीको पाइपलाइन जथाभाबी वितरण गर्ने गरिएको छ । २५ वर्ष पुरानो उक्त खानेपानीका पाइपलाइन सिमकोट खानेपानी उपभोक्ता समितिले जथाभाबी वितरण गर्दा उपभोक्तालाई धारामा पानी नआउने समस्या भएको हो ।
सडक र ढलसँगै ल्याइएका खानेपानीको पाइपलाइन व्यवस्थित रुपमा वितरण नगर्दा पानीको सबै धारामा समान वितरण हुन नसकेको सिमकोट बजारका उपभोक्ता निमा लामाले बताउनुभयो । उहाँले चोक चोकमा खानेपानीका पाइपलाइनहरु जथाभाबी वितरण गरिएका कारण एउटै लाइनबाट पानी वितरण गरिएको भएपनि कुनै धारामा पानी आउने र कुनैमा नआउने समस्या बढ्दै गएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)