के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
ratopati.com · Wed Jun 24 11:05:38 GMT 2026
काठमाडौँ । सामाजिक सञ्जालमा एउटा ट्रोल देखिन्छ । यसमा इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले घानाविरुद्धको खेलपछि भनका छन्, ‘घानाले हामीमाथि कालो जादु (ब्लयाक म्याजिक ) प्रयोग गरेको थियो । रेफ्रीहरूले भीएआर जाँच गर्नुपर्छ, घानाका समर्थकहरूले मैदानमा सेतो पाउडर उडाइरहेका देखिनेछन् ।’ तर खासमा टुचेलले यस्तो अवैज्ञानिक कुतर्क किन गर्थे र ? बरु अंग्रेज भलाद्मीले खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक टुचेलले विपक्षी टोलीको रक्षात्मक रणनीतिको प्रशंसा गरेका थिए ।
विश्वकपका दौरान यस्ता ट्रोल र मिमहरू बन्नु कुनो अनौठो होइन । त्यसमाथि ७८.८ प्रतिशत बल नियन्त्रण, १९ प्रहार र कुल ६१९ पास खेलेको इङ्ल्यान्डलाई जबरजस्ती घानाले ०–० मा रोकेको थियो । खेलको तथ्याङ्क र परिणामले नै भन्छ कि त्यहाँ ‘काला जादु’बाहेक अरू केहीले पनि सम्भवत इङ्ल्यान्डलाई रोक्ने कुनै सम्भावना नै देखिँदैन । कहाँबाट आयो त कालाजादुको प्रसंग ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)