मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का

barnanmedia.com · Tue Mar 18 22:12:26 GMT 2025

नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का भएका छन् ।

उच्च अदालत पाटनको आदेशपछि प्राधिकरणका बैंक खाता रोक्का भएका हुन् । चमेलिया जलविद्युत आयोजनाका ठेकेदार चिनियाँ कम्पनी सिजिजिसीले प्राधिकरणविरुद्ध हालेको रिटमा उच्च अदालतले गत भदौ ३० गते क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको थियो । तर, प्राधिकरणले पैसा नदिएपछि ठेकेदार कम्पनी पुनः अदालत गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)