विश्वकर्मा पूजाको अवसरमा रोहिणी गाउँपालिकामा बिदा
ratopati.com · Wed Sep 16 10:22:12 GMT 2026

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले विश्वकर्मा पूजाको अवसरमा बिहीबार (असोज १ गते) स्थानीय बिदा दिएको छ । गाउँपालिकाले असोज १ गते गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले विश्वकर्मा पूजाको दिन स्थानीय स्तरमा विशेष रूपमा पूजा–आराधना गर्ने चलन रहेकाले स्थानीय बिदा दिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)