अमेरिकाद्वारा जातिय भेदभावमा संलग्न अधिकारीमाथि नयाँ भिसा प्रतिबन्ध घोषणा
gorkhapatraonline.com · Wed Sep 16 10:23:03 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार दक्षिण अफ्रिकी अधिकारीलाई जातिय विभेदमा संलग्न भएको आरोपमा भिसा प्रतिबन्ध लगाउने नयाँ नीति घोषणा गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिका दक्षिण अफ्रिकालगायत अफ्रिकी मुलुक र अन्य अल्पसङ्ख्यक जनसङ्ख्या विरुद्ध हुने जातीय विभेदपूर्ण अपराध र सरकारद्वारा प्रायोजित भेदभावको बारेमा गम्भीररूपमा चिन्तित रहेको जनाइएको छ । जसमा जाति-आधारित भेदभावपूर्ण कानुन, क्षतिपूर्ति बिना भूमि कब्जा गर्ने धम्की, र अमानवीय मन्तव्य र नारामार्फत जातीय हिंसा भड्काउने क्रियाकलाप समावेश रहेको रुबियोले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)