मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एकल अंकको ब्याज कायम गर्न पर्यटन व्यवसायीको माग

abhiyandaily.com

पोखरा । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजले व्यवसाय धान्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले एकल अंकमा ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले बिहीवार पोखरामा आयोजना गरेको एक कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोभिडबाट उठ्दै गरेको पर्यटन व्यवसाय चर्को ब्याजको मारमा परेको बताए । पछिल्लो समय बैंक तथा वित्तीय ब्याज बढाउँदा व्यवसायबाटै पलायन हुने अवस्था आउन थालेको उनको भनाइ थियो । ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई संकटमा पर्न नदिन सरकारले सहुलियतपूर्ण ऋण प्रवाह गर्ने नीति ल्याउनुपर्नेमा उनले जोड दिए । ‘आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटनमैत्री नीति अवलम्बन गर्न सरकारले ढिलाइ गर्नुहुँदैन,’ उनले भने ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रूपान्तरणमा समेत महत्त्वपूर्ण टेवा पुगेको बताए । रासस

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)