मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षा १२ को नतिजा विवादित : विद्यार्थी सडकमा उत्रिँदै

nepalpress.com · Wed Jun 24 11:12:39 GMT 2026

काठमाडौँ । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरूले भोलि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन् ।

आन्दोलनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरिरहेका छन् । उनीहरूले ह्वाट्सएप समूह, टिकटक र इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत् देशभरका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

आन्दोलनको तयारीबारे बोल्दै रञ्जित कार्कीले विद्यार्थीहरूमाथि अन्याय भएको दाबी गरे । ‘हामीलाई अन्याय भएको छ । छिटो नतिजा सार्वजनिक गर्ने नाममा धेरै त्रुटि भएको देखिन्छ । कतिपय विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिनसमेत समस्या भइरहेको छ भने धेरै साथीहरूको अपेक्षाभन्दा फरक नतिजा आएको छ। त्यसैले हामी आफ्नो आवाज उठाउन प्रदर्शनमा जान लागेका हौँ,’ उनले भने ।

आयोजकहरूका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति प्राप्त भइसकेको छ । साथै, कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीसँग आवश्यक सुरक्षा व्यवस्थाका लागि समन्वय भइरहेको पनि उनीहरूले बताएका छन् । विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन् । कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर प्रश्न भएको विद्यार्थीहरुको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)