विश्वबजारमा चिपको मूल्य बढ्दा सामसङलाई फलिफाप
techpana.com · Sat Oct 09 16:17:38 GMT 2021
काठमाडौं । विश्व बजारमा सेमिकण्डक्टर अभाव हुँदा त्यसको सकारात्मक प्रभाव सामसङको आम्दानीमा देखिएको छ । विश्वको सबैभन्दा ठूलो चिप निर्माता तथा स्मार्टफोन कम्पनीको रुपमा रहेको कम्पनीले तेस्रो त्रैमासिकमा विगत तीन वर्षमा सबैभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।
तेस्रो त्रैमासिकमा कम्पनीको सञ्चालन पश्चातको मुनाफा २० प्रतिशतले बढेको छ । कम्पनीले शुक्रबारमात्रै आफ्नो वित्तीय विवरण प्रकाशित गर्दै यसबारेमा जानकारी दिएको हो । कम्पनीका अनुसार यसरी नाफा वृद्धि हुनुमा मेमोरी चिपको हिस्सा सबैभन्दा महत्वपूर्ण रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)