जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
ratopati.com · Wed Sep 16 10:29:23 GMT 2026

काठमाडौँ । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी स्थिति प्रतिवेदन अनुसार देशका १६ जिल्लामा २६ जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेहरूमा सबैभन्दा बढी झापाका ६ जना छन् ।
त्यस्तै, सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा २–२ जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी (पश्चिम), कञ्चनपुर र रोल्पामा १–१ जनाको मृत्यु भएको छ । पछिल्लो पटक रोल्पा र तनहुँमा १–१ जना गरी २ जनाको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)