नगर प्रमुखमाथि कार्यालयमै हातपात, सेवा ठप्प
gorkhapatraonline.com · Wed Sep 16 10:28:39 GMT 2026

महोत्तरीको औरही नगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा बुधबार केही व्यक्ति प्रवेश गरी नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमै हातपात गर्नुका साथै कार्यालय परिसरमा तोडफोड गरेको आरोप लागेको छ ।
घटनापछि जनप्रतिनिधि तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै नगरपालिकाले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । नगरपालिकाका कर्मचारीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बुधबार बिहान करिब ११ः३० बजे केही व्यक्ति समूहमा नगर प्रमुखको कार्यकक्षमा प्रवेश गरेका थिए । उनीहरूले नगर प्रमुखमाथि हातपात तथा अभद्र व्यवहार गर्नुका साथै कार्यालय परिसरमा तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका क्रममा अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत हातपात भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)