सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु
khabarhub.com · Wed Sep 16 10:33:48 GMT 2026

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी भत्किँदा कम्तीमा ६० जना साना खानी मजदुरको मृत्यु भएको छ। घटनापछि उद्धार टोलीले ६० जनाको शव निकालिसकेको जनाइएको छ।
मंगलबार सुनखानी भत्किएपछि उद्धार तथा खोजी अभियान सुरु गरिएको थियो। रातभर उद्धार कार्यमा खटिएका दुर्घटनाबाट बाँचेकाहरूका अनुसार अझै केही मजदुर खानीको भग्नावशेषभित्र फसेका हुन सक्ने आशंका गरिएको छ। उद्धारकर्मीहरूले बेपत्ता मजदुरको खोजी जारी राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)