पर्यटकको पखाइमा म्याग्दीको पुलाश्रम
ratopati.com · Wed Aug 06 19:39:00 GMT 2025

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ ।
पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरू बेनी–जोमसोम सडक मार्फत हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ आवतजावत गर्छन् । बेनीदेखि करिब नौ किलोमिटर उत्तरतर्फ अवस्थित पुलाश्रम सधैँ सुनसान हुने गरेको पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)