गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत
lokaantar.com

पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । महिला क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा तथा प्रदेश खेलकुद परिषद्को सहकार्यमा प्रतियोगिता भएको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । स्याङ्जाका लागि सलिना सेनले सर्वाधिक ४० रनको योगदान दिइन् भने अरमिना अधिकारीले ३० रन जोडिन् । सिमाना केसीले १२ रन बनाइन् । रञ्जना साउद पाँच र अन्तिमा विश्वकर्मा छ रनमा अविजित रहँदा स्याङ्जाले अतिरिक्तबाट मात्रै २७ रन प्राप्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
टी-२० विश्वकप