पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर
nepallive.com · Wed Jun 24 11:16:05 GMT 2026

काठमाडौँ– पूर्वमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानुनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमल किशोर मालपानी समूहले शेयर लेनदेनको आधारमा पक्राउ गरी मंगलवार ५ दिनको म्याद थप गरेको थियो ।
पौडेललाई सोमवार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी सार्वजनिक गाडीमा राखेर काठमाडौँ ल्याइएका थिए ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
१७:०१
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)