‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु
nepalnews.com · Wed Sep 16 10:36:37 GMT 2026

काठमाडौं। संघीय संसद् सचिवालयले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु गरेको छ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरूपमा सो ‘प्लेटफर्म’ शुभारम्भ गरेका हुन्।
सो अवसरमा सभामुख अर्यालले डिजिटल प्रणाली कुनै विलासिता नभई वर्तमान युगको आवश्यकता भएको बताए। संघीय संसद्का गतिविधि, विधेयकको अवस्था, सांसदको विवरण, बैठक तथा समितिका सूचना र नेपालको संसदीय इतिहाससँग सम्बन्धित अभिलेखलाई एउटै डिजिटल प्लेटफर्ममा समेटिने प्रयास गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)