मानसरोवर यात्राले बढायो हुम्लाको रौनक, पाँच महिनामा ६ हजारभन्दा बढी विदेशी पुगे
kalakarmi.com · Wed Sep 16 10:36:39 GMT 2026

हुम्ला- हिमाली जिल्ला हुम्लामा पाँच महिनाको अवधिमा ६ हजार बढी विदेशी पर्यटक हुम्लामा भित्रिएका छन् । वैशाखदेखि हालसम्म ६ हजार एक सय २५ जना विदेशी पर्यटक हुम्लामा भित्रिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । तीन हजार ५६ महिला र तीन हजार ६९ जना विदेशी पर्यटक जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर युवराज ढकालले बताए ।
हुम्लाको हिल्सा हुँदै पवित्र तीर्थस्थल मानसरोवर–कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्री यहाँ पुगेका हुन् । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने विदेशी तीर्थयात्री जिल्ला पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)