मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाणिज्य बैंकले १९ तोला सुन राखेका ग्राहकलाई ६ तोलाको मात्रै फिर्ता दिने भनेपछि........

aarthiknews.com

काठमाडौं । २०८१ चैत २५ गते एक जना ग्राहकले वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुनका चुरा, औठि, सिक्री र ब्रासलेट धितोमा राखेर कर्जा लिएका थिए । बैंकले उक्त चुरा, औठि, ब्रासलेट र सिक्रीको तौल २२४ ग्राम (१९.२१ तोला) मूल्याङ्कन गरेको थियो ।

जसबाट ग्राहकले ८ लाख १९ हजार रुपैयाँ कर्जा लिएका थिए । बैंकले उक्त २२४ ग्राममध्ये १४६ ग्राम खाद घटाएको थियो । बाँकी ७८ ग्राम कर्जाका लागि बैंकले स्वीकृत गरेको थियो । उक्त ७८ ग्रामको बैंकले १० हजार ५०० रुपैयाँका दरले हिसाब गरेर ८ लाख १९ हजार रुपैयाँ मूल्याङ्कन गरेको थियो । जसबाट ति ग्राहकले ६ लाख ७० हजार रुपैयाँ कर्जा लिएका थिए ।

अर्थात् २२४ बैंकमा राख्दा बैंकले १४६ ग्राम खादको रुपमा कट्टा गरेको हो । ति ग्राहकले नियमित रुपमा कर्जाको किस्ता भुक्तानी गरि रहेका थिए । यसै क्रममा भदौ २४ गतेको जेन्जी आन्दोलनमा वाणिज्य बैंकको उक्त नयाँ वानेश्वर शाखामा लुटपाट भयो । जहाँबाट १८ केजी सुन पनि लुटिएको थियो । सोही क्रममा ति ग्राहकले कर्जामा राखेको सुन पनि लुटियो । तर, बैंकले उनलाई यस बारेमा कुनै जानकारी नै दिएन ।

यसरी बानेश्वर शाखामा धितो राखेका सम्पूर्ण ग्राहकहरुका लागि वाणिज्य बैंकले माघ २९ गते सूचना जारी गर्याे । सो सूचनाको बुँदा नम्बर २ मा लेखिएको थियाे, 'खाद कट्टी पछि खुद तौललाई आधार मानेर भुक्तानी गर्ने’ ।

यसको अर्थ २२४ ग्राम सुन धितोमा राखेका ग्राहकलाई बैंकले १४६ ग्राम खाद काटिएको बापतको रकम फिर्ता नदिने भनेको हो । बाँकी ७८ ग्रामकको मात्रै भुक्तानी दिने बैंकले निर्णय गरेको हो । बैंकको सो निर्णयले १९.२१ तोला सुन धितोमा राखेका ति ग्राहकले ६।६९(७८ ग्राम) तोलाको मात्रै रकम पैसा फिर्ता पाउने भएका हुन् । उक्त ६.६९ ग्रामकको मूल्य पनि भदौ २४ को रेटका आधारमा फिर्ता दिने बैंकले निर्णय गरेको हो । बैंकको यो निर्णयले २२६ जना ग्राहक मर्कामा परेका छन् ।

उनीहरुले गत शुक्रबार वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए । आफुले बैंकका राख्दा जति परिणाम थियो सोही परिणाम सुन वा सोही परिणाम सुनको हालको मूल्यका आधारमा रकम फिर्ता पाउनुपर्ने उनीहरुको माग छ ।

यस विषयमा उनीहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि भेट गरिसकेका छन् । डा. वाग्लेले उनीहरुकै अगाडि बैंकका सीईओ देवेन्द्र रमण खनाललाई फोन गरेर समस्यको समाधान गर्न निर्देशन दिएका थिए । मन्त्री वाग्लेले यसरी थमथमाएर उनीहरुलाई ७ दिन पछि फेरी आफुँलाई भेटन आउनु भनेर पठाएका थिए । पिडितहरु ७ दिन पछि मन्त्रालयमा मन्त्री वाग्लेलाई भेटन गए । तर, मन्त्रीको सचिवालयले पिडितहरुलाई मन्त्रीसँग भेट गर्नै दिएनन् । भेट नहुने भएपछि उनीहरु सिंहदरबारबाट फर्किर । त्यसको भोलिपल्ट असार ३ गते शुक्रबार उनीहरुले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिए ।

बैंकका सीईओ खनालले भने यस विषयमा पिडितले माग गरे अनुसारकै निर्णय गर्न आफुले नसक्ने बताएका छन् । उनले हाल बैंकको सञ्चालक समिति रिक्त रहेकाले समिति गठन नभएसम्म पिडितको माग सम्बोधन गर्न नसकिने उल्लेख गरे ।

उनले भने, 'व्यवस्थापन तहबाट यो निर्णय गर्न सकिँदैन । बोर्डले पूर्णता पाएपछि उहाँहरुकै माग अनुसार प्रस्ताव पेश हुन्छ ।’

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनमा लुटिएको सुनको मूल्य निर्धारणमा विवाद, पीडितद्वारा वाणिज्य बैंक घेराउ

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)