अमेरिकामा ग्रीन कार्डवाहकहरूको बढ्यो सास्ती, अपराध गरे देश निकाला गरिने अदालतको फैसला
baahrakhari.com · Wed Jun 24 11:28:52 GMT 2026

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले मंगलबार एउटा महत्त्वपूर्ण फैसला सुनाएको छ । अदालतले अमेरिकामा बसोबास गर्ने कुनै ग्रीन कार्डवाहकले नैतिक पतनसँग जोडिएको अपराध गरेमा उसलाई स्थायी बासिन्दा भए पनि अमेरिकाबाट देश निकाला गर्न सकिने फैसला सुनाएको छ ।
६ न्यायाधिशको बहुमतको फैसला एक आप्रवासन अधिकारीले सन् २०१२ मा गरेको निर्णयसँग सम्बन्धित छ । त्यतिबेला वैध अमेरिकी ग्रीनकार्डवाहक स्थायी बासिन्दा मुक चोइ लाउ चीनको छोटो भ्रमणबाट अमेरिका फर्कने क्रममा जाली नोट वा नक्कली सामान उत्पादन तथा बिक्रीसम्बन्धी अपराधको आरोपका कारण आप्रवासन पेरोलमा राखिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)