मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नगदरहित कारोबारप्रतिको बढ्दो आकर्षण,मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा उल्लेख्य वृद्धि

arthasansar.com · Wed Sep 16 10:42:48 GMT 2026

पछिल्लो समय नेपालमा नगदको विकल्पमा डिजिटल भुक्तानी प्रणालीप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। ठूला डिपार्टमेन्ट स्टोरदेखि ग्रामीण क्षेत्रका साना चिया पसल र किराना पसलसम्म क्युआर स्क्यान गरेर भुक्तानी गर्ने चलन बढेसँगै यसबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, वालेट, क्युआर कोड र मोबाइल बैंकिङजस्ता डिजिटल माध्यमको प्रयोग व्यापक बनेको छ।

यीमध्ये मोबाइल बैंकिङ सबैभन्दा लोकप्रिय र बढी कारोबार हुने माध्यम बनेको छ। जसमा गत आर्थिक वर्ष २०८२/८३ मा ६६ खर्ब ३६ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ (५० खर्ब १८ अर्ब ३३ करोड रुपैयाँ) को तुलनामा २५ प्रतिशतले बढी हो। सहरदेखि गाउँसम्म बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्राथमिकतामा राखेका कारण मोबाइल बैंकिङको प्रयोगमा यो उल्लेखनीय छलाङ आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)