मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सक्षम पार्टी निर्माण गर्न महाधिवेशन गरिएको हो : महामन्त्री बुर्लाकोटी

nagariknews.nagariknetwork.com · Wed Jun 24 11:31:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको प्रथम महाधिवेशनको मुख्य उद्देश्य आम नागरिकका समस्या समाधान गर्न सक्षम पार्टी निर्माण गर्नु रहेको बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुर्लाकोटीले सत्ता प्राप्ति वा जोगाउनेभन्दा पनि नागरिकका समस्याको समाधान गर्न सक्ने संगठन निर्माणमा पार्टी लागेको बताए।

‘विशेषगरी आम नागरिकका समस्या समाधान गर्न सक्षम पार्टी निर्माण गर्ने अहिलेको महाधिवेशनको उद्देश्य हो,’ उनले भने, ‘पार्टी नै सक्षम भएन भने नागरिकका समस्या समाधान गर्न सक्दैन।’ उनले भने।

उनले रास्वपाले नागरिकका दुःख, समस्या र अपेक्षालाई केन्द्रमा राखेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित महाधिवेशन आयोजना गरेको बताए।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)