मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

onlinekhabar.com · Wed Jun 24 11:31:44 GMT 2026

१० असार, काठमाडौं । आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन् ।

उनले पक्राउ गैरकानुनी भएको दावी सहित पौडेललाई थुनामुक्त गर्न आदेशको माग गरेकी हुन् ।

रिट निवेदक पौडेलले विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाएकी छन् ।

निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

विशेष अदालतले मंगलरबार पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको थियो ।

पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर मंगलबार अदालत उपस्थित गराइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय