युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण
ratopati.com · Sun May 31 16:09:28 GMT 2026

किएभ । रुसको नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निकाय (आइएइए) ले पुष्टि गरेको छ।
भियनास्थित उक्त निकायले सामाजिक सञ्जालमा लेखेको छ, “जापोरिज्जिया ऊर्जा संयन्त्र (जेएनपिपी) मा खटिएको हाम्रो टोलीले टर्बाइन भवनको बाहिरी भागमा क्षति पुगेको फेला पारेको छ । टोलीको निरीक्षणमा उक्त क्षति ड्रोन आक्रमणकै कारण भएको देखिन्छ। यद्यपि, ऊर्जा केन्द्र र त्यसको वरपर विकिरणको स्तर भने सामान्य छ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)