शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै
barnanmedia.com · Mon Dec 01 23:07:57 GMT 2025

शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत संरचनागत मजबुतीकरण (रेट्रोफिटिङ) कार्य सुरु गरिने भएको छ । विद्यालय भवनलाई भूकम्प–प्रतिरोधी बनाउँदै सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्ने उद्देश्यसहित चालु आर्थिक वर्षमा नगरपालिकाले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार रेट्रोफिटिङको पहिलो चरणमा वडा नं ५ को शिवशङ्कर माध्यमिक विद्यालय, गर्जमनी र वडा नं ८ को जनभावना आधारभूत विद्यालय, नौखरीमा कार्य गरिनेछ । दोस्रो चरणमा नगरपालिकाको वडा नं १ स्थित श्रीकृष्ण आधारभूत विद्यालय, रामनगरका जीर्ण अवस्थामा भवनमा रेट्रोफिटिङको काम गरिने उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)