ट्याङ्करमा कार ठोक्किँदा तीन जना घाइते
gorkhapatraonline.com · Wed Sep 16 10:52:14 GMT 2026

सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको केमिकल ट्याङ्करमा कार ठोक्किदा तीन जना घाइते भएका छन् ।
बिग्रिएर सडकको छेउमा रोकिराखेको डब्लुबी ११ एप १७९५ नम्बरको केमिकल ट्याङ्करमा काठमाडौँबाट झापातर्फ जाँदै गरेको बा.प्र. ०१–०३५ च ३३१७ नम्बरको कार पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो । बुधबार भएको सो दुर्घटना बाक्लो हुस्सुका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)