बाढी प्रभावित बासिन्दालाई विद्युत् सेवामा विशेष राहतको घोषणा
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। सरकारले हालैको बाढी तथा पहिरोका कारण गम्भीर रूपमा प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका पीडित परिवार तथा व्यवसायीहरूलाई विद्युत् सेवामा ठूलो राहत दिने घोषणा गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्को यस कठिन घड़ीमा प्रभावित नागरिकहरूलाई राज्यको प्रत्यक्ष साथ र राहतको अनुभूति गराउने उद्देश्यले विद्युत् महसुल तथा सेवामा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। मन्त्री श्रेष्ठको निजी सचिवालयले दिएको जानकारीअनुसार ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनालाई आत्मसात गर्दै अन्य ग्राहकहरूबाट संकलन हुने शुल्कको केही अंशसमेत प्रभावित परिवारहरूको राहतका लागि उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)