सभापति लामिछानेले बोलाएको बैठकमा एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय
barnanmedia.com · Wed Sep 16 10:43:34 GMT 2026

भोटेकोशी बाढीबाट प्रभावितको पुनर्स्थापना र क्षतिको पुनर्निर्माणको अनुगमन गर्नका लागि संसदीय विशेष समिति गठन हुने भएको छ । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।
सभापति लामिछानेले बुधबार बोलाएको बैठकमा एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको हो । कांग्रेस सभापति गगन थापाले भने, 'एक हप्ताभित्रमा संसदीय विशेष समिति गठन गर्नका निम्ती सभामुखलाई आग्रह गर्ने र एक हप्ताभित्र निर्माण गर्ने निर्णय भएको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)