मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बयान फेरेपछि आफ्नै साक्षीविरुद्ध अख्तियारको मुद्दा

nepalnews.com · Wed Jun 24 11:42:25 GMT 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै साक्षी विकासकुमार चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उदयपुर चौदण्डीगढी नगरपालिका ५ स्थायी घर भएका चापागाईंविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

चापागाईंसँग ५० लाख रुपैयाँ बिगो तथा सजाय माग दाबी लिइएको प्रवक्ता सुरेश न्यौपानेले बताए। अख्तियारले अधिकारीविरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोपमा २ चैत २०८२ मा मुद्दा दायर गरेको थियो। राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप थियो।

उक्त घुस प्रकरणको बयानका क्रममा १३ जेठ २०८३ मा चापागाईंलाई अख्तियारले सरकारी साक्षीका रूपमा अदालतमा पेस गरेको थियो। चापागाईंले बकपत्रमा मिसिलमा संलग्न प्रमाण कागजको प्रतिकूल गराएको न्यौपानले बताए।

चापागाईंले सहजीकरण गरिदनिने भनी एचके इन्टरप्राइजेज प्रालिबाट ५० लाख रुपैयाँको चेक लिएका थिए। उक्त चेक लिएर चापागाईंले रकम आफ्नै खातामा जम्मा गरेका थिए। उक्त रकम अधिकारीको निर्देशनबमोजिम खरिद गरेको जग्गामा चापागाईंले भुक्तानी गराएका थिए।

सरकारी साक्षीका रूपमा बयान दिन तयार भएपछि चापागाईंलाई प्रतिवादी बनाएको थिएन। तर बकपत्र नै फेरेपछि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको न्यौपानेले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)